Welcome to beta version of Kantipur.
The site is currently restricted to selected users

*Site is currently in beta for testing purpose, you might not be viewing the latest news.

OR
Visit current site


समाचार
कार्तिक ७, २०७४

आगामी चुनावले संघीय लोकतन्त्रलाई बलियो बनाउने प्रधानमन्त्रीको विश्वास

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्धारित मितिमा हुने र यसले संघीय लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

घूस लिने तीन कर्मचारी अख्तियारको नियन्त्रणमा

नागरिकताको जन्म मिति सच्याउन आएका सेवाग्राहीबाट घूस लिने धरानस्थित इलाका प्रशासन कार्यालयका तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय इटहरीले प्रक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई मंगलबार अनुसन्धानका लागि टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पठाइएको इटहरीस्थित अख्तियारको क्षेत्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

आजदेखि महापर्व छठ सुरु

चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको आज पहिलो दिन हो । बिहान स्नानपछि लौका, दाल र भात खाइ तराई–मधेसलगायत मुलुकभरका ब्रतालुले यो पर्व सुरु गरेका छन् । उनीहरु अनुकुलता हेरी घरमै वा नजिकैको जलाशय किनारमा नुहाइ चोखिएका छन् । यो विधिलाई स्थानीय भाषामा ‘नहा खा वा नहाए खाए’ भनिन्छ ।

यज्ञराज-रामहरिलाई साख जोगाउने कसरत

चारवर्षे कार्यकालमा व्यवस्थापिका संसद्मा सबैभन्दा बढी सुनिए, कांग्रेस सांसद रामहरि खतिवडा र एमालेका यज्ञराज सुनुवार । दुवै जना जिल्लाका २ वटा क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए । यी दुई ‘लोकप्रिय सांसद’ प्रतिनिधिसभा निर्वाचनका लागि एक–आपसमा भिड्ने भएका छन् । संघीय निर्वाचनमा एउटै क्षेत्र भएपछि दुईजना आमनेसामने भएका हुन् ।

‘ऐतिहासिक बागदरबार नभत्काऊ’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ऐतिहासिक बागदरबार नभत्काउन काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ । काठमाडौं महानगरपालिकाले ऐतिहासिक बागदरबार मास्न लागेको समाचार प्रकाशित भएपछि रोक्न पत्र पठाइएको प्राधिकरणले जनाएको छ ।

कानुन व्यवसायी सिंह कांग्रेसमा

कानुन व्यवसायी दिनेश सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । भारतको कोलकातामा बस्दै आएका सर्लाही घर भएका सिंहले राजनीतिमा सक्रिय हुन कांग्रेस प्रवेश गरेको बताए ।

महिला उम्मेदवारी असाध्यै कम

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवारी निकै कम देखिएको छ । प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका ३२० जनामा १८ र प्रदेशसभातर्फका ४८२ उम्मेदवारीमा २४ मात्रै महिला छन् । पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा गरी महिलाको उम्मेदवारी ५ प्रतिशतको हाराहारीमा मात्रै परेको छ ।

अढाई वर्षमा ४ सीईओ, ९२% पीडित टहरामै

महाभूकम्पको ३० महिना बित्यो, पीडितमध्ये ८ प्रतिशतले मात्रै घर बनाउन पाएका छन्, तर चरम राजनीतीकरणका कारण पुनर्निर्माण प्राधिकरणमा चारपल्ट सीईओ फेरिएका छन् । सोमबार मात्रै चौथो सीईओ बनेका छन्– पूर्वसचिव युवराज भुसाल ।

लोकतान्त्रिक गठबन्धनलाई दोस्रो चरणको तालमेलमा सकस

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दोस्रो चरणमा चुनावी तालमेल मिलाउनै सकस परेको छ । निर्वाचन क्षेत्र बाँडफाँटको विषय पेचिलो बनेपछि दोस्रो चरणको चुनावी तालमेल हुने कि नहुने भन्नेमै अन्योल खडा भएको कांग्रेसका एक नेताले बताए ।